Mechi Update

यौनजन्य गतिविधिको आरोप, पक्राउपछि संचालक तत्काल रिहा अरुलाई म्याद थप – के हुँदैछ बिर्तामोडमा?

मङ्गलवार, चैत ३, २०८२

झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । बिर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो ।

आज बिहान पक्राउ परेका आसेङ होटलका संचालक तामाङलाई इप्रका अनारमनीका डिएसपी बिजय श्रेष्ठको निर्देशमा आजै छोडिएको हो ।जिल्ला प्रहरी कार्यालय झापामा बसुन्धरा खड्काले कमाण्ड समालेसंगै आपराधिक क्रियाकलापमा केही कमि आएको छ । खड्काकै निर्देशमा केही दिनदेखि प्रहरीले दिनहुँ बिर्तामोडका होटलहरुमा सर्च अप्रेसन गर्न थालेको छ । त्यसक्रममा गएराति ९ः४५ बजे अर्जुनधारा ११ बसपार्कस्थित राईमान होटल एण्ड लजबाट शंकास्पद अबस्थामा भेटिएको भन्दै १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । होटलले भने उनिहरुलाई इन्ट्री गरेर बस्न दिएको रेकर्ड फेला परेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अबस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको प्रहरीले पुष्ठि गरेको थियो । आसेङ होटल बसपार्कबाट यौन कर्मी ल्याएर ४ भारती र १ नेपाली पुरुष  राईमन होटलमा बसेको तथ्यांले देखाए पनि बिर्तामोडका डिएसपी श्रेष्ठको निर्देशमा पक्राउ परेका आसेङ होटलका संचालक पदम तामाङ भने छुटेका छन् । आसेङ टोलमा १० जना यौन कर्मी महिला सधैं राखेर महेश श्रेष्ठ र तामाङले संचालन गर्दै आएका छन् । उनिहरुले लागुऔषध समेत यौनकर्मी महिलालाई बेच्ने गरेको प्रमाण फेला परेको छ । स्थानीयका आनुसार राईमन होटेलमा भने यौनकर्मी महिला राख्ने गरेको छैन । तर, पक्राउ परेका महिलाले आसेङ होट्लमा काम गर्ने गरेको बताए पनि डिएसपी श्रेष्ठले राईमनका रामप्रसाद राईलाई म्यादथप गरि थुनामा राखेर तामाङलाई छोडेका छन् । यसबापत माटो रकम लेनदेन भएको एक होटल व्यवसायीले बताए ।

डिएसपी श्रेष्ठले हवल्दार द्वोय डम्बर दाहाल र भानु राईलाई खटाएर बिर्तामोडका होटल क्यासिनो लगायतबाट मासिक असुली गर्दै आएका छन् । हवल्दार दाहाल आज यो मुद्दा सल्टाउन फोन स्विचअफ गरेर होटलसंचालकका एजेण्टसँग दिनभर लागेको एक प्रहरीले बताए । बस पार्ककै चाम्लिङ थरका एक ब्यक्ती सेटिङ मिलाउन लागेको स्रोतले बतायो । जिल्ला प्रहरी प्रमुखको आँखामा छारो हाल्न पक्राउको नाटक गरे पनि मासिक असुल्ने गरेको होटलको संचालक तामाङलाई सेटिङमा छोडेको हो । बसपार्क र मेचीआँखा अस्पताल आगाडि संचालित करिब ४० वटा यौनकर्मी राखिएको होटलबाट श्रेष्ठले घुमुवा मार्फत मासिक प्रती होटल ३० हजार देखि १ लाख ५० हजारसम्म असुल्ने गरेको छन् ।

पक्राउ परेका १० मध्ये ९ जनालाई म्याद थपिएको छ । पक्राउ पर्नेहरु १८ देखि २४ वर्ष उमेरका युवतीहरु छन् । त्यस्तै ग्राहकका रुपमा गएका चार भारतीय र एक नेपाली पुरुष पक्राउ परेका छन् । यौनकर्मी राख्ने अधिकान्स होटलमा लागूऔषधको समेत कारोबार हुने गरेको स्थानियले बताए ।

झापामा एसपी खड्काले कमान्ड समालेसंगै प्रहरीले निगरानी बढाएपछि होटलहरुमा युवती नराखी होटल संचालकहरुले ग्राहकका लागि बाहिरबाट युवती मगाएर यौन व्यवसाय जारी राखेको बताइन्छ ।

सम्बन्धित खबर