झापा — झापाको धुलाबारीस्थित एक होटलमा सञ्चालन भइरहेको जुवाको खालमा प्रहरीले छापा मारेर व्यवसायी तेजु प्रसाईंसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोमबार साँझ छापा मार्ने क्रममा तेजु प्रसाईं, कालुमान लिम्बू, पञ्चप्रसाद राजबंशी र होटल सञ्चालक राजपथ राजबंशीलाई रंगेहात नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रसाईंसँगबाट नगद रु. १ लाख ५० हजार बरामद भएको छ। घटनास्थलबाट तासलगायत जुवामा प्रयोग हुने सामग्री समेत बरामद गरिएको छ।
स्रोतका अनुसार पक्राउ परेलगत्तै उनीहरूलाई छुटाउन स्थानीय र प्रदेश तहका केही राजनीतिक पहुँच भएका व्यक्तिहरू सक्रिय भएका छन्। विभिन्न माध्यमबाट प्रहरीमाथि दबाब सिर्जना गर्ने प्रयास भएको बताइएको छ।
यद्यपि प्रहरीले कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढिरहेको र कुनै दबाबमा नपर्ने जनाएको छ।


