काँकरभिट्टा । मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न भएको छ।
काँकरभिट्टास्थित सामुदायिक भवनमा आयोजित प्रतियोगिताको ‘ए’ श्रेणीतर्फ दीपक शिवाकोटी र मदन लिम्बूको जोडी विजेता बनेको छ। श्यामसुन्दर शाह र अञ्जना राईको जोडी उपविजेता बनेको छ।
त्यस्तै, ‘बी’ श्रेणीतर्फ राजेश राउत र भानुभक्त पोख्रेलको जोडी विजेता बनेको छ भने सजित तामाङ र अशोक राईको जोडी उपविजेता बनेको छ। प्रतियोगितामा ‘ए’ श्रेणीतर्फ १८ र ‘बी’ श्रेणीतर्फ ४० जना खेलाडि सहभागी थिए।
कार्यक्रममा ७१ वर्षीय खेलाडी जितेन राईलाई सम्मान गरिएको छ। त्यस्तै, उत्कृष्ट खेलाडीका रूपमा अञ्जना राई र उदाउँदो खेलाडीका रूपमा सुबोध खड्कालाई सम्मान गरिएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष प्रीतम काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितबहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो । प्रतियोगितासँगै आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले खेलाडीबीच आपसी सद्भाव र सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।


