Mechi Update

नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला: खाणलाई २ वर्ष, रायमाझीलाई ४ वर्ष कैद

मङ्गलवार, असार ३०, २०८३

 

काठमाडौं, साउन २९ — बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

[caption id="attachment_258856" align="alignnone" width="1024"] Screenshot[/caption]

मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्व गृहमन्त्री खाणलाई ठगी तथा संगठित अपराधमा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

यस्तै, पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) नेता रायमाझीलाई उक्त प्रकरणसँग सम्बन्धित तीन वटा कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ ठगी गरिएको आरोपमा दर्ता भएको यो मुद्दा पछिल्ला वर्षहरूमा नेपालको सबैभन्दा चर्चित राजनीतिक तथा आपराधिक प्रकरणमध्ये एक मानिएको छ।

अदालतको फैसलासँगै प्रकरणमा संलग्न उच्च राजनीतिक नेतृत्व र अन्य प्रतिवादीहरूको कानुनी जिम्मेवारी थप स्पष्ट भएको छ।

सम्बन्धित खबर