Mechi Update

भोर्लेनी एफसीको दमदार जित सगै बाहुण्डाँगी फुटबल फेस्टिबल सम्पन्न

बिहिवार, मंसिर १९, २०८२

भोर्लेनी फुटबल क्लबले बिजेताको ट्रफी उचाले सगै फुटबल एकाडेमि बाहुण्डाँगी को आयोजना मेचीनगर ४ वडा कार्यलयको बिशेष सहयोग र बाहुण्डाँगी युवा क्लबको प्रायोजनमा यहि मिति २०८२ मङ्सिर १० गते बाट सुरु भएको बाहुण्डाँगी फुटबल फेस्टिबल सफलतापुर्बक रुपमा समाप्त भएको छ ।

 

आयोजक फुटबल एकाडेमि बाहुण्डाँगी लाई ४-२ को गोल अन्तरले स्तब्ध पार्दै भोर्लेनी एफ सि ले उपाधी हात पार्ने सफल भएको हो । बिजेता टिमले ट्रफी,मेडल, प्रमाणपत्र सहित नगद रु ३० हाजार प्राप्त गर्यो भने उपबिजेताले ट्रफी,मेडल, प्रमाणपत्र सहित नगद रु १५ हजारमा चित्त बुझायो । खेलको मेन अफ द म्याच बिजेता टिमका सौरभ सुब्बा, प्रतियोगिता को उत्कृष्ट खेलाडी भोर्लेनी एफ सि का आयुस राई र उदयमान खेलाडी  आयोजक टिमका प्रिन्स खत्री घोषित भए ।

बाहुण्डाँगी फुटबल फेस्टिबल प्रतियोगिता का संयोजक कौशल चौहानको संयोजकत्व र मेचीनगर नगरपालिका वाड न ४ का अध्यक्ष अर्जुन कुमार कार्कीको प्रमुख आथित्यता मा सम्पन्न समापन कार्यक्रममा बाहुण्डाँगी मा लामो समयदेखी फुटबल क्षेत्रमा योगदान पुर्याउनु हुने बाहुण्डाँगी युवा क्लबको प्रशिक्षक चन्द्र सुब्बा लिम्बू लाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रतियोगिता लाई आर्थिक सहयोग गर्ने मेचीनगर ४ वाड कार्यलय ,  बाहुण्डाँगी युवा क्लबका पुर्ब कप्तान आदित्य कार्की ,बाहुण्डाँगी युवा क्लब, सरस्वती माध्यमिक विद्यालय लगायत प्रतियोगिता लाई सहयोग गर्ने सघ संस्था तथा ब्याक्तित्व हरुलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन अनुप थापाले गर्नुभएको थियो।

सम्बन्धित खबर