Mechi Update

विश्वकप २०२६: आज समूह चरणका निर्णायक ६ खेल हुँदै

शुक्रवार, असार १२, २०८३

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज समूह जी, एच र आइ का अन्तिम चरणका ६ खेल हुँदैछन्। आजका खेलहरूले अन्तिम १६ मा पुग्ने टोलीहरूको टुंगो लगाउने भएकाले सबै खेललाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।

आजको सबैभन्दा चर्चित खेलमा दुई बलिया टोली फ्रान्सनर्वे आमनेसामने हुँदैछन्। समूह आइ अन्तर्गतको यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ। यही समूहको अर्को खेलमा सेनेगलइराक भिड्नेछन्।

त्यसपछि समूह एच अन्तर्गत उरुग्वेस्पेन बीच बिहान ५:४५ बजे प्रतिस्पर्धा हुनेछ। सोही समयमा केप भर्डे ले साउदी अरेबिया को सामना गर्नेछ।

समूह जी अन्तर्गतका अन्तिम खेलहरू बिहान ८:४५ बजे हुनेछन्। न्युजिल्याण्डबेल्जियम बीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा इजिप्टइरान आमनेसामने हुनेछन्।

आजका खेलपछि समूह चरण अन्तिम मोडमा पुग्नेछ। विशेषगरी फ्रान्स–नर्वेउरुग्वे–स्पेन खेलले अन्तिम १६ को समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। फुटबल समर्थकका लागि आजको दिन निकै रोमाञ्चक रहनेछ।

सम्बन्धित खबर