Mechi Update

बाहुण्डाँगीमा अन्डर–१४ तीन किलोमिटर दौड प्रतियोगिता सम्पन्न

सोमवार, भदौ २९, २०८३

  बाहुण्डाँगी भदौ २९ l  मेचीनगर–४ मा बाहुण्डाँगी एथलेटिक्सको आयोजना तथा विद्या विकास एकेडेमीको सह–आयोजनामा अन्डर–१४ उमेर समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। बालदिवसको अवसरमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो। धिमाल बस्तीबाट सुरु भएको दौड विद्या विकास एकेडेमीको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा मेची जनसाधारण माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, एसबी निकेतन, श्री विद्या विकास एकेडेमी, बौद्धमोड अंग्रेजी बोर्डिङ स्कुल, थेसिस, इस्ट होराइजन, एभरेस्टलगायत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको छात्रतर्फ रिजन रिजाल प्रथम, प्रिन्स लिम्बू दोस्रो, सरोज राउत तेस्रो, आदित्य राना चौथो र विनायक थेबे पाँचौँ भए। त्यस्तै छात्रातर्फ ज्ञानी बस्नेत प्रथम, पूजा कार्की दोस्रो, हिमानी सुवेदी तेस्रो, सोनाक्षी शेर्पा चौथो र शिखा घिमिरे पाँचौँ भइन्। प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद ३ हजार, दोस्रो हुनेलाई २ हजार, तेस्रो हुनेलाई १ हजार तथा चौथो र पाँचौँ हुनेलाई जनही ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। सहभागीमध्ये दुई जनालाई गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो। लक्की ड्रमार्फत छात्रतर्फ सुगम कार्की र छात्रातर्फ रिनिशा तामाङले गिफ्ट ह्याम्पर जित्न सफल भए। दौडपछि आयोजित पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता तेजस्वी घिमिरेले गर्नुभएको थियो भने सञ्चालन बाहुण्डाँगी एथलेटिक्सका संयोजक अर्जुन बस्नेतले गर्नुभएको थियो। मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेमियस भुटिया तथा विद्या विकास एकेडेमीका निर्देशक बद्री निरौला वडाध्यक्ष अर्जुन कुमार कार्की ले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रतियोगिता सम्पन्न गर्न टी हब, मेची मल्टिपर्पोज एग्रो फार्म प्रालि, रोयल रत्न होटल एन्ड लज, भ्वाइस अफ बाहुण्डाँगी, रन मेचीनगर, तुषार फर्निचर, होटल रङ भिलेज, यात्रा आर्ट ग्यालरी, क्रिएटिभ विद्या विकास, मेचीनगर नगरपालिका–४, जेसीआई बाहुण्डाँगी तथा शरदचन्द्र माझी र सुमित राउतले सहयोग गर्नुभएको संयोजक अर्जुन बस्नेतले जानकारी दिनुभयो।  
सम्बन्धित खबर