झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो ।
पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको हवको रुपमा विकास हुँदै आएको थियो ।
बिर्तामोड–५ का खरेलले धर्मकाँटा रोडका मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । गोदाममा नाईट्रोजन ट्याबलेट,पुरुषहरुको यौन क्षमता बढाउने प्रतिबन्धित भियग्रा, तौल बढाउने पुरुष जीवन लगाउतका कयौ प्रकारका भारतीय प्रतिबन्धित र मनोदिपक आौषधि बरामद भएको छ । प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खरेललले प्रहरीलाई समेत सेटिङ मिलाएर बिगत १५ बर्ष अघिबाट प्रतिबन्धित औषधी नेपालभर बेचबिखन गर्ने गरेको तथ्य इखरिपाटीले फेला परेको छ । करिब ४ बर्ष अघि इलाका प्रहरी कार्यालय अनारमनीले सादा पोषाकमा खटाएका प्रहरीले लागु औषधको कारोबार गरेवापत खरेलको घरैमा गएर तीन करोड रुपयाको डिल गरेको समेत स्रोतले बताएको छ । बल बहादुर तामाङ नाम गरेका घुमुवा प्रहरीले सेटीङ मिलाउन भन्दै पटक–पटक गरेर एक करोड रुपँया बुझेको र त्यसैको आडमा खरेलले अवैध कारोबार गर्दै आएको स्रोतको दाबी छ । तामाङले सुरुमा दशलाख रुपँया रकम बुझेर खरेलको लागु औषधको सामराज्य बिस्तार गर्न सहयोग गरेका थिए । खरेलले बिर्तामोडका अन्य केही औषधी व्यवसायीलाई भने ति सादा पोषाकका प्रहरीको सहायतामा फसाएर जेलसम्म पुर्याएको तथ्य समेत फेला परेको छ । खरेलबाट होलसेलमा लागुऔषधजन्य औषधी किनेर खुद्रा बिक्री गर्ने औषधी पसललाई यि नै तामाङले पक्राउ पर्नबाट जोगाउने गरेका थिए । खरेलका छोरा पनि गत बर्ष लागुऔषधजन्य प्रतिबन्धित औषधीको बेचबिखन गरेको आरोपमा पक्राउ परेका थिए । तर, प्रहरीसँगकै सेटिङमा प्रयोगकर्ता मात्रै भएको अनुसन्धान प्रतिबेदन बनाएर मुद्धा कमजोर बनाई छुटाएको स्रोतको दाबी छ ।
इलामको पशुपतीनगरबाट छिराउँथे लागुऔषध
सबैलाई सेटिङ गरेको छु भन्ने खरेलले इलामको पशुपति नाकाहँुदै केरियरमार्फत यस्ता लागुऔषध जन्य औषधी नेपाल भित्र्याउने गरेको खुलेको छ । उनले दैनिक १० कार्टुन ट्रामाडोल र अन्य मनोद्धिपक औषधि ल्याउने गरेका थिए । सबै चेकप्वाईन्ट पार गरेर बिर्तामोड आईपुगेको औषधी सम्पर्कमा रहेका अन्य कारोवारीलाई खरेलले बाटोबाटै सप्लाई गर्ने र बाँकी रहेको गोदाममा ल्याएर थन्क्याउने गरेका थिए । सात बर्ष अगाडि पशुपतिनगर नाकामार्फत भित्र्याईएको प्रतिबन्धित औषधी दुईवटा पिकअपमा ल्याउँदैगर्दा झापाको बुधबारेमा पक्राउ परेको थियो । तर, पक्राउ परेपनि केरियरलाई पिकअप नयाँ किनिदिएर केश सेटल गर्न खोजिएको थियो । त्यतिबेला समेत खरेललाई मुद्धा नचलाई केरियरलाई मात्रै चलाईएकाले केरियर संचालक एक महिला हालसम्म फरार रहेका स्रोतको दावी छ ।
काठमाण्डौ र पोखरा सम्म सप्लाई
खरेलले बिर्तमोडकै न्यू कलपतरु केरियरबाट काठमाडौ, पोखरा र नेपालगञ्जसम्म लागुऔषधजन्य प्रतिबन्धित औषधी पठाउने गरेको तथ्य फेला परेको छ । खरेलले केरियरलाई समेत झुक्याएर अन्य सामान्य औषधी रहेको बताएर पठाउने गरेका छन् ।
खरेलले लागुऔषधजन्य प्रतिबन्धित औषधिको कारोवार गरेर नै बिर्तामोडमा करोडौको घर घडेरी र गाडी जोडेको तथ्य फेला परेको छ । प्रहरीकै सेटिङमा बर्षौबाट यस्ता गैह्कानुनी धन्दा चलाउनेलाई समान्यतया सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा चलाउने चलन छ । तर, यो घटनामा प्रहरीले कुन–कुान मुद्धामा अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी छ ।
प्रहरीले खेरेलको स्टोरमा काम गर्ने एकजना घिमिरे थरका कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले बिर्तामोडकै धर्मकाटाँ रोडमा सनलाईट फर्मा नामक औषधिको थोक बिक्रि गर्दै आएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागुऔषधजन्य औषधीको कारोबार गर्ने गरेको स्थानियले बताए ।
के हा ट्रामाडोल ?
ट्रामाडोल एक प्रकारको एनाल्जेसिक हो जुन गम्भीर पीडा कम गर्न डाक्टरको प्रिस्क्रिप्शनमा मात्र प्रयोग गरिन्छ । यो एक ओपिओइड एनाल्जेसिक हो । यसले ओपिओइड रिसेप्टरहरूसँग बाँधेर र मस्तिष्क कोषहरूमा पीडा संकेतहरूको प्रसारणलाई रोकेर काम गर्छ । यसले पीडाको धारणालाई रोक्छ र राहत प्रदान गर्दछ । यसले शल्यक्रिया पछिको दुखाइ, फ्र्याक्चरबाट हुने दुखाइ, जलेको चोटपटक, र अन्य समान आघातहरूको उपचार गर्न मद्दत गर्दछ । यो अन्य गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिहरू ९ल्क्ब्क्ष्म्क० ले दुखाइको उपचार गर्न असफल भएपछि मात्र दिइन्छ ।
ट्रामाडोलको लामो समयसम्म प्रयोगले लागूपदार्थको निर्भरता निम्त्याउँछ । यद्यपि, सिफारिस गरिएको मात्रा लिँदा लत लाग्ने सम्भावना कम हुन्छ । त्यसैले, ट्रामाडोल डाक्टरको निरीक्षणमा मात्र लिनुपर्छ । यो क्याप्सुल, ट्याब्लेट, इंजेक्शन आदि जस्ता विभिन्न रूपहरूमा उपलब्ध छ ।