Mechi Update

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

सोमवार, असार ३०, २०८२

काठमाण्डौ – इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । हिजो भएको  फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । चेल्सीको जीतमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । पीएसजीले पाएको अवसरमा गुमायो । दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो । source : ujyalo
सम्बन्धित खबर