Mechi Update

आधारभुत विद्यालय स्तरिय फुटसलको उपाधि धुलाबारी माविको पोल्टामा

शुक्रवार, फागुन १६, २०८१

प्रतियोगितामा शिशु साक्षर आ वि उपविजेता वन्दै नगद रु ७,०००र( सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोल रक्क्षक शिशु साक्षर आ।वि। का राहुल दनुवार भए । प्रगतिशील युवा क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक सानो कुमार लिम्वु, प्रमुख अतिथि वडाध्यक्ष नारायण खनाल साथै अतिथिमा चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली शिशु शाक्षर आ वि का प्रअ लोकनाथ ढकाल, सारदा शिक्षा सदन प्रअ अर्पण कार्की, धुलावारी मा वि शिक्षक चेतन निरौला, प्रेस क्लव मेचीनगर अध्यक्ष प्रकाश पौडेल उपाध्यक्ष खगेन्द्र घिमिरे, रोलिङ्ग क्लव धुलावारी सदस्य लक्षु वानिँया, क्लवका सल्लाकार रोश्नी खनाल, वलाराम चिमरिया, मेदनी खनाल, बिभिन्न विद्यालयका शिक्षक, बाल क्लव अध्यक्षहरुको उपस्थितिमा सम्पन्न सम्पन्न भएको थियो । साथै कार्यक्रममा सानो कुमार लिम्वु स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष विशाल कार्कीले कार्यक्रमको औचित्य माथी प्रकास पार्नु भएको थियो । कार्यक्रममा चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली र मेचीनगर १० का अध्यक्ष नारायण खनालले शुभकामना व्यक्त गर्नु भएको थियो भने क्लवका कोषाध्यक्ष सुजन घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो । आजभएको प्रतियोगितामा प्रेस क्लव मेचीनगर र आयोजक तथा मेचीनगर(१० को शान्ति समाज बाल क्लव र टिकापुर बाल क्लव विच मैत्री पुर्ण खेल समेत भएको थियो ।

सम्बन्धित खबर