रोटर्याक्ट क्लब अफ काकरभिट्टाको ११औँ पद हस्तान्तरण तथा पदस्थापन समारोह सम्पन्न
काकरभिट्टा, साउन १० — रोटर्याक्ट क्लब अफ काकरभिट्टाको रोटर्याक्ट वर्ष २०२५–२६ का अध्यक्ष रोटर्याक्टर विशाल घिसिङ तामाङबाट रोटर्याक्ट वर्ष २०२६–२७ का अध्यक्ष रोटर्याक्टर इ. सुरेश निरौलालाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्दै क्लबको ११औँ पद हस्तान्तरण तथा पदस्थापन समारोह आज बिहान १० बजेदेखि काकरभिट्टास्थित डुबाइल्याण्ड रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ।
समारोहमा डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ (DRR) रोटर्याक्टर प्रकाश शर्मा गैरे प्रमुख अतिथि, रोटरी क्लब अफ काकरभिट्टाकी रोटेरियन लक्ष्मीदेवी खनियाँ विशेष अतिथि तथा ADRR रोटर्याक्टर बप्पा शाह र ZRR रोटर्याक्टर राज अग्रवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बहुनडाँगी जेसीजका अध्यक्ष जेसी निकेश राज दाहाल, रोटरी क्लब अफ काकरभिट्टाका पूर्व अध्यक्षहरू IPP रोटेरियन उदयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष रोटेरियन रुद्र मैनाली, प्रेसिडेन्ट इलेक्ट रोटेरियन रवि नेपाल, राजेन्द्र रिजाल लगायत रोटरी तथा रोटर्याक्ट परिवारका सदस्य, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बर्ष २०२५-२६ को उत्कृष्ट रोटेक्टर को रुपमा रिटेक्टर नितु घिमिरे सम्मानित हुनुभएको थियो।
समारोहमा नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै रोटर्याक्टमार्फत समाजसेवा, नेतृत्व विकास तथा युवाको सशक्त सहभागितालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।