झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने गरी आयोजना गरिएको थियो । प्रतियोगिता पुरुष र महिला गरी दुई विधामा दौड सम्पन्न भएको थियो । नेपाल रेडक्रस शोसाइटी गौरीगञ्ज उपशाखाले प्रतियोगीहरूका लागि प्राथमिक उपचारको व्यवस्था मिलाएको सभापति यादव रिजालले बताए ।
म्याराथुनमा नागेश्वर ऐर प्रथम भएका थिए उनले ४१ मिनेट १६ सेकेन्डमा दुरी पार गरेका थिए । त्यस्तै ४१ मिनेट १६ सेकेन्डमै बिक्रम लिम्बुले पनि दुरी पार गरेका थिए, उनले ऐरले पछि दुरी तथ गरेका कारण द्वितियमा चित्त बुझाउनु परेको थियो । म्याराथुनको तृतिय विजेता मिसाङ्ग आङ्देम्बे भए, उनले ४३ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । प्रथम, द्वितिय र तृतियलार्य क्रमशः २१ हजार, १० हजार र ५ हजार पुरस्कार राशी प्रदान गरिएको थियो ।
ठेकिटोला खुल्ला म्याराथुनमा सहभागि महिलाहरुबाट प्रहिलो, दोस्रो र तेस्रोलाई समेत पुरस्कृत गरिएको थियो । जसअन्तरगत पुष्पा शेर्मा लिम्बु प्रथम, मन्दिरा महतारा द्वितिय र यादिका देवान तृतिय भएका थिए । उनिहरुले क्रमशः ३ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय रुपैया नगद सहित सम्मानित गरिएको थियो । “युवाहरूको खेलकुदमा उत्साह जगाउने उद्देश्यले यो हाफ म्याराथन आयोजना गरिएको हो, यसले गाउँको मात्र नभई जिल्लास्तरमा पनि खेलाडी उत्पादन गर्न हौसला मिल्नेमा विश्वास छ,” नेपाल रेडक्रस सोसाइटी गौरीगञ्ज उपशाखा सभापति यादव रिजालले बताए ।