मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पर्यटन विकास प्रर्वद्धनका लागि गुरु योजना बनाएर लाग्नु पर्ने बताएका छन् ।
शुक्रबार कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहमा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले पर्यटन विकासका लागि गुरु योजना बनाएरअघि बढ्नु पर्ने बताए ।
उनले सामुदायिक वनभित्र संरचना बनाउन नपाइने कानुन आएकाले संघीय सरकारमा डीपीआर बनाएर बजेट माग गर्नु पर्ने बताए ।
उनका अनुसार काँकरभिट्टादेखि इलामको सलकपुरसम्मको सडक, मदन भण्डारी मार्ग लगायत पर्यटक मार्गले विदेशी पर्यटकलाई धार्मिक तथा पर्यटन क्षेत्रमा आकर्षण गर्न सबै जुट्नु पर्ने पर्छ ।
कृष्ण थुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आजदेखि सुरु कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शनिबार कृष्ण जन्माअष्टमीमा विभिन्न धार्मिक तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलेनित्यहरु समेत प्रस्तुत गरेका थिए । आइतबार कृष्णको रथयात्रा गर्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष एकराज घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिकेन्द्र थापाले गरेका थिए । यसैगरी आजै कृष्ण थुम्की परिसरमा निर्माण गरिएको बुद्वको शालिकको स्थापना गरिएको छ । शालिकको उद्घाटन नगरप्रमुख बुढाथोकीले गरेका थिए ।
शालिकको अनावरण भने धार्मिक गुरुले बौद्विक परम्परा अनुसार गरेका छन् ।
सोही स्थानका श्रीलंकामा बसेर बुद्विष्ट धर्ममा पीएचडी गरिरहेका प्रकाश मगरले अमिर शाक्य मार्फत उक्त शालिक पठाइदिएका थिए । सानै उमेरमा बेसहारा बनेका मगरलाई तत्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारीले जिल्ला प्रसाशन कार्यालयमा रोहोवर बसेर नागरिकता बनाइदिएका थिए ।
छेकछेन तेन्डुब्लिङ बौद्व गुम्बा समितिले आज बुद्व मूर्ति उद्घाटन तथा प्राण प्रतिष्ठा राख्ने कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, नागरिक समाजका अध्यक्ष तिवारी, बाहुनडाँगी खानेपानीका अध्यक्ष हेमलाल गुरागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा नित्यहरु समेत प्रस्तुत गरिएको थियो ।
छेकछेन तेन्डुब्लिङ बौद्व गुम्बा समितिका अध्यक्ष जीतबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नम्बर १ का पूर्व अध्यक्ष पासाङ तामाङले गरेका थिए ।
Source: Mechinagar online