Mechi Update

बाहुण्डाँगी जेसीजद्वारा विद्यालयमा ट्राफिक सिग्नल बोर्ड र जेब्रा क्रस निर्माण

शुक्रवार, साउन ३१, २०८२

बाहुण्डाँगी जेसीजले आफ्नो जेसिज सप्ताह–२०२५ अन्तर्गत तेस्रो कार्यक्रमका रूपमा ट्राफिक सिग्नल बोर्ड र जेब्रा क्रस निर्माण कार्य सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा ट्राफिक सिग्नल बोर्ड स्थापना र जेब्रा क्रस निर्माण गरिएको हो।

 

औपचारिक कार्यक्रम आदर्श माध्यमिक विद्यालयको सभाहलमा वडा नं. ८ का अध्यक्ष गिरिराज मणि धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण पुरी, ट्राफिक प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख रमेश कुमार धमला तथा ट्राफिक सिग्नल बोर्ड सौजन्य दिने युवा व्यवसायी सन्तोष खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम को संयोजकत्व बर्ष २०२५ का तालिम संयोजक सामुल रायले गरेका थिए।

 

वडा अध्यक्ष गिरिराज मणि धमलाले विद्यालयमा विद्यार्थीहरू आउने–जाने समयमा टिपर जस्ता भारी सवारी साधनको गति नियन्त्रण गर्न वडा कार्यालयले पहल गरिरहेको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काकडभिट्टा द्वारा आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।

 

जेसिज सप्ताह अन्तर्गत दोस्रो दिन सम्पन्न यो कार्यक्रमपछि चौथो दिन डस्टबिन वितरण तथा पाँचौँ दिन पिउने पानी वितरण जस्ता गतिविधि हुनेछन्। भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा एक विशेष समारोहका बीच जेसिज सप्ताहको समापन गरिने बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईं ले बताउनुभयो।

सम्बन्धित खबर