झापा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरता लेडी जेसीजले हिजो चिया बगानका मजदुरसँग तीज मिलन कार्यक्रम गरेको छ ।
वीरता लेडी जेसीजले भद्रपुरस्थित बुधकरण टी स्टेटका महिला मजदुरहरूसँग तीज मिलन कार्यक्रम गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले मजदुर दिदीबहिनीहरूलाई तीजको उपहार स्वरूप साडी, चुरा, पोते प्रदान गर्नुका साथै दर खुवाएर तीज मिलन कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बुद्धकरण टी–स्टेटका सञ्चालक राजेन्द्र सिहं राजवंशी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भुपाल सापकोटा, मजदुर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटा, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष क्लबकी अध्यक्ष जेसी मन्जु पोख्रेल सिटौला, संस्थापक अध्यक्ष जेसी शारदा ढकाल रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संयोजन कार्यकारिणी उपाध्यक्ष जेसी मुना ढङ्गेल स्वागत गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष जेसी मेनुका ओली गर्नुभएको थियो । कार्यक्रममा आस्था वाचन कानूनी सल्लाहकार जेसी अस्मिता राई कुरुम्बाङ, मिसन भिजन जनसम्पर्क अधिकारी जेसी पारु श्रेष्ठले गर्नुभएको थियो ।
वीरता लेडी जेसीजकी महासचिव जेसी प्रभा रायले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष जेसी संगीता गिरी, जेसी संगीता चिमरिया, जेसी सरु भुर्तेल खनाल, मानार्थ सदस्य जेसी अनिता पुरी, आजीवन सदस्य जेसी शिला ढकाल, कार्यसमिति तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
वीरता लेडी जेसीजले वितरण गरेको साडी पुजा कलेक्सन, चुरा–पोते अप्सरा चुरा पसलले सौजन्य गरेको जनाइएको छ

