झापा, मेचिनगर/ मेचिनगर नगरपालिका, झापाले करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकारसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता ल्याउने उद्देश्यले विभिन्न प्रकारका सहायक सामग्रीहरू वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी ती सामग्रीहरू वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोपाचन्द्र बुढाथोकीले कार्यक्रमको सम्बेदनशीलताका बारेमा धेरै पटक चर्चापरिर्चा गरेको बताउँदै यो विषयमा राज्यका तर्फ बाट अपाङ्गता भएका ब्यक्तिहरुकै सहभागितामा कार्यक्रम सञ्चालन भएको साथै यसलाई नियमित रुपमा अगाडि वढाउन नगरपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा एक्जुलरी क्रचेज (बैसाखी) २८ थान, वाकिङ स्टिक ५० थान, वाकिङ फ्रेम २० थान, ह्वील चियर १८ थान, सि.पि. चियर ४ थान, ट्वाइलेट चियर १५ थान, वाइट केन २५ थान, हियरिङ एड २५ थान, एयर मेट्रेस १० थान, एल एस १ थान, एल स्टिक ८ थान र ट्रिपड स्टिक १ थान वितरण गरिएको छ ।
नागरिकहरुले आफ्ना सन्तान अपाङ्गता भएका कारण पाउने पिडा उल्लेख गर्न नसक्ने प्रकृतिको हुने बताउँदै त्रिपक्षिय सम्झौता गरेर कार्यक्रम सञ्चालन गरेको मेचिनगर नगरपालिका उप प्रमुख मिना पोख्रेल उप्रेतीले बताउनुभयो ।
सहयोग सामग्री वितरण कार्यक्रम अपाङ्गता भएका नागरिकहरूको दैनन्दिन जीवनयापनमा सुधार ल्याउनेतर्फको एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । अपाङ्गता भएका धेरै नागरिकहरू आर्थिक अभाव, सामाजिक उपेक्षा र भौतिक अवरोधका कारण दैनिक जीवनमा विविध कठिनाइहरूको सामना गर्दै आएका छन् । यस्तो अवस्थामा मेचिनगर नगरपालिकाद्वारा गरिएको सहयोगले उनीहरूको जीवनमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । त्रिपक्षिय सहभागिताको कार्यक्रम मार्फत राज्यले प्रदान गर्ने सेवा सुविधाका क्षेत्रमा एउटा नमुना कार्यक्रम सञ्चालन भएको मेचिनगर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
कार्यक्रमको कुल लागत २० लाख ४२ हजार रुपैयाँ बराबर रहेको बताइएको छ । सहकार्यमा जुटेका संस्थाहरूले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । करुणा फाउण्डेशनका प्रतिनिधिहरूका अनुसार, संस्थाको उद्देश्य नेपालभरका अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्नु हो, र यस प्रकारका कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र आत्मसम्मानसहित बाँच्न सहयोग पु¥याउने विश्वास गरिएको छ । स्थानिय सरकार सञ्चालन ऐनले विभिन्न तहमा काम गर्ने क्षेत्राधिकार दिए पनि सिमित आर्थिक श्रोत साधनका बावजुत काम गर्न कठिनाई भए पनि त्रिपक्षिय लागत साझेदारीकासाथ सञ्चालित कार्यक्रमले सहयोग पुगेको मेचिनगर नगरपालिका प्रसाशन तथा योजना शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नगर प्रमुख, सामाजिक अभियन्ता, अपाङ्गता भएका व्यक्तिहरू तथा तिनका परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले यस किसिमको पहलले समाजमा समावेशिता र समानताको भावनालाई प्रोत्साहन गर्ने साथै पारिवारीक सदस्यका रुपमा सहयोग गर्ने सारिरिक अपाङ्गता भए पनि समाज सेवामा निरन्तर सकृय सिर्जना कट्टेलले बताउनुभयो ।
समाजका सबै वर्गलाई समेट्दै अघि बढ्नु सरकारको दायित्व हो । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउने निरन्तर प्रयासमा यो कार्यक्रम राज्यको नमुना प्रयासको एक हिस्सा पनि हो । अपाङ्गता भएका ब्यक्तिहरुको लागि त्रिपक्षिय साझेदारीको कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाका सम्योजक धर्मराज घिमिरेले बताउनुभयो ।यस कार्यक्रममा वितरण गरिएका सामग्रीहरूले भौतिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र गतिशीलता, आधारभूत स्वास्थ्य सुविधा तथा आत्मबलमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण बनाउने र उनीहरूलाई समाजको सक्रिय हिस्सा बनाउने अभियानमा टेवा पु¥याउने विश्वास गरिएको छ । सहायक सामग्री वितरण कार्यक्रमलाई मेचिनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख जयन्ति खरेलले सहजिकरण गर्नु भएको थियो ।