Mechi Update

साईबर अपराध मुद्दामा दुर्गा प्रसाईंले पाए सफाई

शुक्रवार, साउन ३, २०८२

२ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाएपनि तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।

Source: online khabar

सम्बन्धित खबर