मेचीनगर गोल्ड कपका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरको गहनाको रुपमा रहेको गोल्ड कपलाई स्थापित गर्ने बताएका छन् ।
सोमबार काँकरभिट्टा स्थित रियाज होटलमा आयोजित मेचीनगर गोल्ड कपको हिसाव सार्वजनिक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
कोशी प्रदेशका पूर्व सांसद एवम् एमालेका नेता समेत रहेका यातायात क्षेत्रका सफल व्यवसायी मैनालीले मेचीनगर गोल्ड कप भविष्यमा सानदार गोल्डकपका रुपमा विकास गरिने दावी गरेका छन् ।
आर्थिक समितिका संयोजक एवम् गोल्डकपका सहसंयोजक विमल आचार्यले एक करोड ६ लाख २८ हजार २०१ रुपैयाँ उठेको, त्यसमा ९० लाख ६७ हजार ७८६ रुपैयाँ खर्च भएको र १५ लाख ६० हजार ४१५ रुपैयाँ बचत रहेको हिसाव सार्वजनिक गरेका थिए ।
व्यक्तिगत ६ लाख १० हजार र कोशी प्रदेश सरकारबाट ३ लाख गरी २४ लाख ६१ हजार ४१५ बचत रहेको मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख आचार्यको भनाई छ । गोल्ड कप सम्पन्न गर्न करिव ८० लााख खर्च लाग्ने अनुमान आयोजकको थियो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरद्वारा सञ्चालित मेचीनगर गोल्ड कपमा ३२७ जना संंस्थापक सदस्य भएका छन् । भविष्यमा एक हजार सदस्य पुर्याउने लक्ष्य रहेको बताइएको छ । संस्थापक सदस्यले १० हजार रुपैयाँ तिरेका छन् ।
कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफसहित संयोजक मैनाली, सहसंयोजक आचार्य, कोषाध्यक्ष गंगालाल गुरुङ, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश), शुभद्रा भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण मेचीनगर गोल्डकपका सचिव एवम् नेकपा एमालेका नगर अध्यक्ष राजु कार्की गरेका थिए ।
Source Mechinagar online