Mechi Update

चारआली खानेपानीले विद्यालयलाई खानेपानीको जार र धारा वितरण गर्दै

शनिवार, असार २८, २०८२

चारआली, असार २७ । झापाको चारआली खानेपानी उपभोक्ता समितिले आफ्नो खानेपानी वितरण क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खानेपानीको जार र धारा वितरण गर्ने निर्णय गरेको छ । मेचीनगर वडा नं. ११, १२, १३ र १४ का सात वटा सामुदायिक विद्यालयका सबै कक्षा कोठामा पुग्ने गरी खानेपानीको जार र धारा जडान गर्ने भएको हो । खानेपानीको कार्यालयमा आज सम्पन्न सर्बपक्षीय छलफलबाट उक्त निर्णय गरिएको अध्यक्ष राजन चिमरियाले बताउनु भयो ।

मेचीनगर १२ का वडा अध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यता तथा वडा नं. ११ का वडा अध्यक्ष रुद्र डाँगीको बिशेष आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छलफलमा खानेपानी उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, जानप्रतिनिधिहरु लगायतको उपस्थीतिकाबीच सामुदायिक विद्यालयको कक्षा कोठामा धारा जडान र खानेपानीको जार राख्ने निर्णय भएको अध्यक्ष चिमरियाले बताउनु भयो ।

 विद्यालय समयमा विद्यार्थीहरुलाई पानी सहज उपलब्ध होस र कक्षा कोठाभन्दा टाढा पनि जानु नपरोस भन्ने सोचले खानेपानीको जार र धारा वितरण गर्ने निर्णय गरिएको चारआली खानेपानीका अध्यक्ष चिमरियाले बताउनु भयो । वहाँका अनुसार पानी पिउन कक्षाबाट बाहिर जानु पर्दा विद्यार्थीको पढ्ने समय खेर जाने भएकाले पनि समस्या हुने महशुस गरेर कक्षा कोठामा नै पानीको व्यवस्था गर्ने योजना अनुसार नै धारा र जार वितरणको कार्यक्रम ल्याइएको हो । आगामी साउन २ गतेदेखि ५ गतेसम्म विद्यालयको कक्षा कोठामा धारा जडान र जार राख्ने काम सम्पन्न हुने अध्यक्ष चिमरियाले जानकारी दिनुभयो ।

शुक्रबारको भेलामा सहभागि खानेपानी संस्थाका इकाई समितिका सदस्यहरु, बिद्यालयका प्रतिनिधिहरु गरी १३० जनालाई एक एक वटा स्टीलको धारा उपहारका रुपमा उपलब्ध गराएको अध्यक्ष चिमिरयाले बताउनु भयो ।

Source: seto patra

सम्बन्धित खबर