काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले नेपाल मात्र होइन केही विदेशी मुलुकको युट्युब भ्यूजमा समेत उछाल ल्याएको छ ।
रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो । अस्ट्रेलियामा ट्रेन्डिङको शीर्षस्थानमा आउने पहिलो नेपाली गीत समेत बन्यो ।
रिलिजको तीन दिनमै यसले अर्को रेकर्ड रचेको छ । त्यो हो- सबैभन्दा छिटो युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउने कीर्तिमान । रिलिजको ३ दिनमै यो गीत ४० लाख भ्यूज बटुल्दै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।
यो समाचार लेख्दासम्म यो गीत युट्युब म्युजिकको ‘ग्लोबल डेली टप म्युजिक भिडियोज’को १० औं स्थानमा स्ट्रिमिङ भैरहेको छ । शनिबार दिउँसो यो गीत सूची अपडेट भएको हो । दुर्गेशले यो उपलब्धिका लागि सामाजिक संजालमार्फत प्रशंसकलाई धन्यवाद दिएका छन्
Source: online khabar