Mechi Update

प्रधानमन्त्री ओली जिम्मेवार र संवेदनशील देखिएनन् : पूर्ण बस्नेत

शनिवार, असार २८, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले केपी शर्मा ओली जिम्मेवारी र भरोसाका प्रधानमन्त्री बन्न नसकेको आरोप लगाएका छन्। जनताको आवश्यकता र मुलुकको समृद्धिमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री अनावश्यक हँस्सीमजाक, टिकाटिप्पणी र छेडखानीमा व्यस्त रहेको भन्दै बस्नेतले प्रधानमन्त्री ओली पदका प्रधानमन्त्री भएको तर जिम्मेवारी र भरोसाको प्रधानमन्त्री बन्न नसकेको टिप्पणी गरेका छन्। उनले भने, ‘आफ्ना विरोधीलाई पार्टीबाट पत्तासाफ गर्न, जस्तोसुकै भ्रष्ट र अपराधी भएपनि आफ्ना आसेपासेलाई संरक्षण गर्न र राज्यको साधन, स्रोत दोहन गर्न बाहेक केपी शर्मा ओली अन्य कुरामा कहिल्यै गम्भीर र संवेदनशील देखिएनन्।’ बस्नेत भन्छन्, ‘राम, शिवलगायतका भगवानहरुको थर, पहिचान र भूगोलबारे अनुमान लगाउँदै हिड्ने ओली जनताको पहिचानको आन्दोलनप्रति सबैभन्दा बढी अनुदार छन्।’ भ्रष्टाचार, बेथिती, अनेक घोटाला र काण्डैकाण्डको चाङलाई आफैले छोपेर प्रधानमन्त्री आफै मख्ख छन् भनि उनले टिप्पणी गरेका छन्। विवाह र सन्तान जन्माउने उमेरबारे युवालाई सल्लाह र सुझाव दिने ओलीले नेपाली युवाहरु के चाहन्छन् भन्ने कुरा कहिल्यै सुन्न र बुझ्न नचाहेको बस्नेतको दाबी छ। Source: dc nepal
सम्बन्धित खबर