मेचीनगर, २१ असार । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत काँकरभिट्टामा आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय ५५ जनाले उपचार सेवा लिएका छन् ।
शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा आँखा तथा नाक, कान र घाँटीका एकसय ५५ जनाले उपचार सेवा लिएको मेचीनगर लेडी जेसीजकी अध्यक्ष सविता पोखरेलले जानकारी दिइन् ।
स्वास्थ्य शिविरमा दिव्यज्योती अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।
अध्यक्ष पोखरेलका अनुसार विभिन्न विद्यामा ९ वटा कार्यक्रम गरेर शनिबार जेसीज सप्ताह समापन गरिएको छ ।
जेसीज सप्ताह अन्तरगत शनिबार आँखा तथा नाक, कान र घाँटीको शिविर, सेल्फ मेकअप, माइन्यूट लेखन तालिम, असार १८ गते बालबालिका आत्मरक्षा, शैक्षिक सामग्री वितरण, असार १७ गते मानव बेचविखन विरुद्ध अन्तरक्रिया, असार १५ गते धान दिवस लगायतका कार्यक्रम गरिएको छ ।
जेसीजले विधिको शासन, युवाहरुलाई क्षमता, व्यक्तित्व विकास र अन्य सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा कार्यक्रमहरु गर्दै आएका छ ।
Source: Mechinagar online