बिर्तामोड, झापा — ‘Create Positive Change ‘भन्ने मूल नाराका साथ वीरता लेडी जेसीज, बिर्तामोड झापाले यस वर्षको जेसीज सप्ताह – २०२५ लाई विशेष कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने भएको छ। असार १८ गतेदेखि सुरु हुने यस सप्ताहव्यापी कार्यक्रमले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनात्मकताको समन्वयमा आधारित विविध कार्यक्रम समावेश गरेको छ।
कार्यक्रमको उद्घाटन समारोह असार १८ गते आयोजित हुनेछ जसको संयोजन जेसी चन्द्रकला रिजालले गर्नेछिन् भने कार्यक्रम बिहान ११:११ बजे सुरु हुनेछ। यसपछि सोही दिन अपराह्न १२:४५ बजे मेन्टर मेनटी कार्यक्रम हुनेछ जसको संयोजन जेसी एलिता रिजालले गर्नेछिन्।
सप्ताहभर चल्ने कार्यक्रमहरूमा सामुदायिक, सिर्जनात्मक तथा मनोरञ्जनात्मक विविधता देख्न सकिन्छ। असार १९ वादविवाद प्रतियोगिता, २० गते विर्तामोड चौकको नाला सरसफाई , ट्राफिक सिग्नल तथा डस्टवीन राख्ने जस्ता तीन वटा कार्यक्रम रहेको छ ।असार २१ स्वस्थ्यका लागी दौड भनि म्याराथुन रेस विर्तामोड ३ स्थित डोमालाल रंगशालामा रहेको छ।
असार २३ गते होटल हेवेनमा , समापन समारोह गरिनेछ।यस सप्ताहव्यापी कार्यक्रमहरू संयोजनमा जेसी चन्द्रकला रिजाल , एलिना रिजाल , अन्जली शाह, तारा बस्नेत , कविता ओली, भावना बस्नेत, पार्वता श्रेष्ठ ,मुना ढुङगेल साथै अन्य सक्रिय सदस्यहरूको विशेष भूमिका रहेको छ भने कार्यक्रमको मुल संयोजक वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष जेसी मेनुका ओलि लोहनीज्यू रहनु हुनेछ।
जेसी आई को फ्रेमवर्क भित्र रहेर चार वटा क्षेत्र , सामाजिक ,व्यवसायीक , व्यक्तिगत तथा अन्तराष्ट्रिय क्षेत्र समेटेर कार्यक्रम गर्दै आएको र यस २०२५ को सप्ताहमा नेतृत्व विकास मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सामुदायिक सहभागिता र प्रेरणादायक क्रियाकलापमार्फत समाजमा योगदान पुर्याउन वीरता लेडी जेसीजको यो प्रयास रहेको अध्यक्ष जेसी निशा शाक्यज्यूको भनाई रहेको छ।