Mechi Update

बाहुण्डाँगी प्रवासी सेवा समाजद्वारा भित्तेपात्रो विमोचन, हात्तीपीडितलाई टर्चलाइट वितरणदेखि अक्षय कोषसम्मका योजना सार्वजनिक

शनिवार, वैशाख २६, २०८३

बाहुण्डाँगी प्रवासी सेवा समाज दोहा, कतारको आयोजनामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज मेचीनगर–४ स्थित श्री दुर्गा तथा नरबदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा हिजो आयोजित एक समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष भुपेन्द्र भारती को अध्यक्षता तथा मेचीनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संयोजक अनिस काफ्लेले राखेका थिए भने सञ्चालन समाजकी सदस्य अजिता काफ्लेले गरेकी थिइन् । कार्यक्रममा मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरि प्रसाद उप्रेती, प्रमुख अतिथि अर्जुन कुमार कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका क्रममा संयोजक अनिस काफ्लेले समाजले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न सामाजिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । उनले हात्तीपीडित २०० घरधुरीलाई टर्चलाइट वितरण गर्ने, मेची खोलामा हात्ती रोकथामका लागि जाने ब्याक्ती लाई ५० थान रिफ्लेक्टिभ ज्याकेट वितरण गर्ने योजना रहेको जानकारी दिए । त्यसैगरी स्थानीय क्लबमा एक वर्षका लागि फुटबल प्रशिक्षक तलबसहित व्यवस्था गर्ने तथा खेल सामग्री उपलब्ध गराउने, २ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरी हात्तीको आक्रमणबाट घाइते भएका परिवारका विद्यार्थीलाई शैक्षिक सहयोग तथा सामग्री उपलब्ध गराउने योजना पनि सार्वजनिक गरिएको थियो । यस्तै, विपद्का समयमा तत्काल सहयोग पुर्‍याउन आपत्कालीन कोष स्थापना गर्ने, दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास केन्द्र स्थापना गर्ने पहल गर्ने तथा एसईई दिएका विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने कार्यक्रमसमेत अघि सारिएको संयोजक काफ्लेले जानकारी दिएका छन् । हात्तीपीडित २०० घरधुरीलाई टर्चलाइट वितरण गर्ने कार्यक्रम चाडै अघि बडाईने र कुन तरिकाले वितरण गर्ने भन्ने विषय मा छलफल भैइरहेको संस्थाका अध्यक्ष रबिन राज काफ्लेले जानकारी दिनुभयो।

सम्बन्धित खबर