Mechi Update

काँकरभिट्टामा भोलि दशैँ म्युजिक फेष्ट, ‘द एज’ र ‘ट्राइबल रेन’ ब्याण्डको प्रस्तुति

शुक्रवार, असोज ३०, २०८३

काँकरभिट्टा । दशैँको अवसर पारेर झापाको काँकरभिट्टामा भोलि शनिबार ‘दशैँ म्युजिक फेष्ट’ आयोजना हुने भएको छ। काँकरभिट्टास्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुने कार्यक्रममा चर्चित ‘द एज’ र ‘ट्राइबल रेन’ ब्याण्डले लाइभ प्रस्तुति दिने भएका छन्।

वुइ होमिज (We Homies) काँकरभिट्टाको आयोजनामा हुन लागेको कार्यक्रममा लाइभ म्युजिकसँगै खानाका विभिन्न स्टल र मनोरञ्जनात्मक गतिविधिसमेत रहने आयोजकले जनाएको छ।

कार्यक्रम शनिबार साँझ ५ बजेदेखि सुरु हुनेछ। दशैँको उत्सवलाई सांगीतिक माहोलसँग जोड्दै स्थानीय तथा आसपासका क्षेत्रका युवापुस्तामाझ मनोरञ्जनको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

‘द एज’ र ‘ट्राइबल रेन’ ब्याण्डको प्रस्तुतिसँगै काँकरभिट्टामा दशैँको सांगीतिक रौनक थपिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर