मेचीनगर । ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चको कोशीमा समेत प्रदेशस्तरीय समिति गठन गरेको छ। कोशी प्रदेशको ग्रामिण पर्यटनका अभियानमा क्रियाशीलहरु यो समितिमा समेटिएका हुन ।
विगत ३० वर्षदेखि नेपालको ग्रामिण पर्यटनमा काम गरिरहेको भिआइटिओएफ ग्रामिण पर्यटन मञ्चको नवगठित समितिको संयोजकमा झापा मेचीनगरका मन्जिल देवान, उपाध्यक्षमा इलामकी सुमित्रा खतिवडा, सचिवमा झापाका प्रेम तुम्बाफो र कोषाध्यक्षमा इलामकी जयन्ती कटुवाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा उदयपुरकी प्रभा चौधरी, तेह्रथुमका प्रकाश श्रेष्ठ, धनकुटाका लालबहादुर श्रेष्ठ, झापाकी इन्दिरा श्रेष्ठ, तेह्रथुमकी सृजना लामा फम्बो, सुनसरीका चक्र तिम्सिना, झापाका नेविन तिवारी र मोरङका जोगेन्द्र धिमाल रहेका छन् ।
मञ्चले विगत ३० वर्षदेखि नेपालका विभिन्न ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ। २०७१ सालमा पोखरामा पहिलो शाखा विस्तार गरेको मञ्चले हाल गण्डकी प्रदेशस्तरीय समितिमार्फत समेत काम गर्दै आएको छ।
असोज १२ गते गठन गरिएको कोशी प्रदेशस्तरीय तदर्थ समितिमा झापाका मञ्जिल देवान अध्यक्ष चयन हुनुभएको छ। समितिको उपाध्यक्षमा कोशी प्रदेशका विभिन्न जिल्लालाई समेटेर गठन गरिएको समितिले ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान, प्रवर्द्धन तथा स्थानीय समुदायको सहभागितामार्फत ग्रामीण पर्यटन विकासमा काम गर्ने जनाइएको छ।


