काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज समूह जी, एच र आइ का अन्तिम चरणका ६ खेल हुँदैछन्। आजका खेलहरूले अन्तिम १६ मा पुग्ने टोलीहरूको टुंगो लगाउने भएकाले सबै खेललाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
आजको सबैभन्दा चर्चित खेलमा दुई बलिया टोली फ्रान्स र नर्वे आमनेसामने हुँदैछन्। समूह आइ अन्तर्गतको यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ। यही समूहको अर्को खेलमा सेनेगल र इराक भिड्नेछन्।
त्यसपछि समूह एच अन्तर्गत उरुग्वे र स्पेन बीच बिहान ५:४५ बजे प्रतिस्पर्धा हुनेछ। सोही समयमा केप भर्डे ले साउदी अरेबिया को सामना गर्नेछ।
समूह जी अन्तर्गतका अन्तिम खेलहरू बिहान ८:४५ बजे हुनेछन्। न्युजिल्याण्ड र बेल्जियम बीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन्।


