Mechi Update

मेरी ल्याण्ड किड्स वर्ल्ड मन्टेस्वरीमा प्यारेण्ट्स डे तथा ग्र्याजुएसन समारोह भव्य रूपमा सम्पन्न

शनिवार, चैत २१, २०८२

झापा, काँकरभिट्टा । मेरी ल्याण्ड किड्स वर्ल्ड मन्टेस्वरीद्वारा आयोजित प्यारेण्ट्स डे तथा ग्र्याजुएसन समारोह शनिवार काँकरभिट्टाको सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा साना विद्यार्थीहरूले गीत, राइम्ज, नृत्य तथा मन्तव्य प्रस्तुत गर्दै आफ्नो सिर्जनशीलता र प्रतिभा प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति तथा सक्रिय सहभागिताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई आकर्षित बनाएको थियो।

कार्यक्रमको सञ्चालन शंकर थापा मगरले गरेका थिए। मन्टेस्वरीकी प्रधानाध्यापक पुष्पा गौतमले यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेका ज्ञान र सीपलाई व्यवहारमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताइन्। उनका अनुसार यस्ता गतिविधिले बालबालिकाको बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक प्रभाव पार्दछ।

समारोहमा सहभागी अभिभावक तृप्तेशराज पाण्डेले मन्टेस्वरीले काँकरभिट्टामा गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। उनले यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै सिकाइप्रतिको रुचि अभिवृद्धि गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर