Mechi Update

बोर्डर आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको भव्य विदाइ

सोमवार, माघ १३, २०८२

नकल्बन्दा बोर्डर आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको आज  विदाइ कार्यक्रम सम्पन्न भएको छ।

आफ्नो कार्यकालमा नायब निरीक्षक न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले लिएको नीति तथा निर्देशनअनुसार सीमावासीसँग समन्वय गर्दै विभिन्न जनचेतनामूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यसबाट सशस्त्र प्रहरी बल नेपालप्रति सर्वसाधारणको सकारात्मक धारणा विकास गर्न उल्लेखनीय योगदान पुगेको सरोकारवालाहरूले बताएका छन्।

उनको नेतृत्वमा लागू औषध नियन्त्रण, मानव अधिकार, लैंगिक हिंसा न्यूनीकरण लगायतका विषयमा आन्तरिक तथा बाह्य समुदाय तथा विद्यालयहरूमा अनुशिक्षण कक्षा सञ्चालन गरिएको थियो। ती कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेका छन्।

उनलाई बराह बाहिनि र गणबाट समेत उकृष्ट कार्य सम्मपादन गरेको भनि नगद पुरस्कार समेत प्रदान भएको थियो । आर्थिक अनुशासनमा कहिल्यै विचलित नभई जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुका साथै अवैध सामान बरामद कार्यमा समेत उहाँको भूमिका उल्लेखनीय रहेको जनाइएको छ।

आफ्नो कर्मभूमिलाई सम्मान गर्दै इमानदारीका साथ सेवा गरेका एक जिम्मेवार र सामाजिक व्यक्तित्वको सरुवाले नकल्बन्दा क्षेत्रले आज एक सक्षम सुरक्षा नेतृत्वलाई बिदाइ गरेको अनुभूति गराएको छ।

सम्बन्धित खबर