झापाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसदको उम्मेद्वारमा गौतम मजुम्दार (बिकी) को नाम समेत सिफारिस हुदाँ युवा वृत्तमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ । खासगरी जेन जी आन्दोलन पछि नेपाली राजनितिमा युवाहरुको सहभागिता र नेपाली कांग्रेसको नयाँ नेतृत्वमा गगन थापा आएपछि क्षेत्र नम्बर १ मा युवाको नाम सिफारिस हुनुलाई सकारात्मक रुपमा हेरिएको छ ।
को हुन त गौतम मजुम्दार (बिकि) ?
२४ वर्ष देखि यातायात क्षेत्रमा निष्ठा पूर्वक काम गरेका बिकि यातायात क्षेत्र मात्र होइन, पूर्वी क्षेत्रका युवाहरुविच लोकप्रिय व्यक्तित्व हुन । उनलाई युवा आइकनको रुपामा हेरिने गरेको छ । २३ वर्ष यता रिकभरिङ्ग तथा लागु औषध नियन्त्रण र न्युनिकरणमा विकिको सक्रियता रहेको पाइन्छ । उनको भुमिका र गतिविधिले युवाहरुमा एकता तथा काँकरभिट्टा/धुलाबारी क्षेत्रमा मित्रता एवम् सौहार्दता रहेको छ ।
१८ वर्षको उमेरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएका उनले वडा सदस्य हुदै तरुणदलमा विभिन्न भुमिका रहेर २ कार्यकाल तरुण दलको जिल्ला सदस्य रहेका उनी हाल महाधिवेशन प्रतिनिधि रहेका छन् । उनले नेपाली कांग्रेसमा २४ वर्ष समर्पण र निष्ठाको राजनिति गरेता पनि युवा वृत्तमा स्वतन्त्र तथा कुशल नेताको रुपामा स्थापित छन् । सामाजिक तथा राजनैतिक काममा कहिल्यै पनि फलानो पार्टि वा व्यक्ति भनेर भेदभाव नगर्ने भनि परिचित अनुहार हो बिकि मजुम्दार ।
समाज परिवर्तनका स–साना कामहरुदेखि उदहरणिय कार्यहरुमा अग्र भागमा देखिने अनुहार जसले हजारौ लागुऔषध प्रयोगकर्ताहरुको उपचार र उनिहरुलाई समाजमा पुनः स्थापित गर्ने काम गरिरहेको छ त्यो नाम हो, बिकि मजुम्दार । २०७२ सालको भूकम्पको भयाभव अवस्था होस कि कोभिडको प्रकोप होस उनको सामाजिक काम र लगाब उत्तिकै सक्रिय रहेको छ ।
भुटानी शरणार्थीले स्वदेश फिर्ती हुन मेची पुलमा भएको प्रदर्शनमा भारतबाट प्रहार भएर गोली लागेका घाइतेहरुलाई अस्पताल लाने, खाना खुवाउने र उनीहरुलाई सहयोग गर्ने कार्यमा उनले निर्वाह गरेको भुमिका अहिले पनि जो केहीले स्मरण गर्ने गरेका छन् । उक्त समयमा उनको कलिलो मश्तिष्कले गरेको शहासीक कार्यको प्रशंसा अहिले पनि ताजै छ ।
खासगरी काँकरभिट्टा बस टर्मिनलमा समय व्यतित् गर्ने उनले बसपार्क क्षेत्रको सन्दैर्य तथा सरफाईमा दैनिक काम गरिरहन्छन् । नेपालकै पूर्वी सिमान्त शहर काँकरभिट्टाको पहिचान फेर्न उनकै सक्रियतामा विभिन्न कामहरु हुन्छन् । दैनिक जस्तो हातमा झाँडू लिएर सरसफाईको बिहानी र युवाहरुको साथमा काँकरभिट्टा बसपार्कमा उनलाई भेट्न सकिन्छ । काँकरभिट्टामा समस्यामा परेका यात्रु तथा असाह्यहरुलाई खाना खुवाउने देखि सम्भावित दुर्घटना र यात्रुहरुको असुविधाहरु हल गर्न उनको उपस्थिती नै काफि हुनेगरेको युवाहरुको बुझाई रहेको पाइन्छ ।
यस क्षेत्रमा राष्ट्रिय स्तकार कलाकारहरु ल्याएर च्यारीटी गर्ने र उक्त च्यारिटीबाट उठेको रकमले लागु औषधमा फसेका युवाहरुलाई निःशुल्क उपचार गराउने तथा सचेतनाका कार्यक्रमहरु गर्ने गरेका उनले वेवारिसे लासहरुलाई आफ्नै नेतृत्वमा सतगत गराउने गरेका छन् ।
काँकरभिट्टा र नजिकै भारतको सिमानाबाट लागुऔषध सेवन गर्ने कयौं बिरामीहरुको उपचार गराउने साथै उनीहरुलाई स्थापित गराउने उनकै सक्रियताको कारण दर्जनौ युवाहरु काँकरभिट्टामा सफल व्यवसाय र नेतृत्वमा समेत स्थापित भएका उदाहरण रहेको छ ।
सडकका कुकुरहरुको घाटीमा रिफ्याक्टिभ बेल्ट (चम्कीलो पेटी) लगाउने, कुकुरहरुको बन्ध्याकरण गराउन पहल गर्ने तथा सडक कुकुरहरुलाई खाना खुवाउने लगायतका थुप्रै काममा उनको सक्रियताले जनवारहरु प्रति पनि उनी उद्दार भएको कुराको पुष्टी गदर्छ ।
बिकिको उम्मेद्वारीले युवाहरुमा उत्साह
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उनको नाम सिफारिस हुनुले युवाहरुमा बेग्लै किसिमको उत्सह उत्पन्न भएको पाइएको छ । खासगरी रबि, बालेन जस्ता युवाहरु राजतिनिमा आउनु र यो क्षेत्रमा उनको नाम सिफारिस हुनुलाई एउटा सकारात्मक पक्षको रुपमा कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ । नयाँ पार्टी भन्दा पनि सक्षम युवालाई नेतृत्वमा ल्याएर प्रोत्साहन गरे पुराना भनिएका पार्टीहरुमा समेत जनताले विश्वास गर्ने आधार उत्पन्न भएको बुझिएको छ । स्वच्छ छवि भएका बिकि र बिकि जस्ता युवाहरुलाई नेतृत्व दिनुपर्ने कुराले कांग्रेस तातिएको बेला गगन थापा र विश्वप्रकाश शर्माले लिएका कदमलाई देशैभरी प्रशंसा भइरहदा झापा क्षेत्र नम्बर १ मा उनको नाम सिफारिस हुनुलाई एउटा राम्रो पक्षको रुपमा लिईएको छ ।


