दलित उत्थान समन्वय संस्था मेचीनगर–४ को नयाँ नेतृत्व चयन
मेचीनगर, भदौ १४।
दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो।
नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा तिलक बराईली, सचिवमा रिना दर्जी, सहसचिवमा कल्पना विश्वकर्मा र कञ्चन सुन्दास, कोषाध्यक्षमा सोम तोलाङे रहेका छन्। त्यस्तै, सदस्यहरूमा गीता बिक, अर्पण दर्जी, मामुनी विश्वकर्मा, गणेश शंकर, चन्द्रकला दर्जी, तिलका दास र प्रतिमा सुनुवार रहेका छन्।
साधारणसभा मोति बहादुर दर्जीको अध्यक्षता र वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सोही अवसरमा दलित उत्थान समन्वय संस्थाले आयोजना गरेको कफी बनाउने तालिम (बारिस्ता) मा सहभागी दलित समुदायका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
वडा कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत रु. १ लाख विनियोजन गरी तालिम आयोजना गरिएको थियो। तालिममा प्राविधिक सहयोग ईलाईट कफी युनिभर्सले प्रदान गरेको थियो।
कार्यक्रममा मामुनी विश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन्। सोही अवसरमा दलित उत्थान समन्वय संस्थाका सल्लाहकार संयोजक तथा समाजसेवी पोषक कुमार दर्जी, वडा सदस्य पवन बराईली र ईलाईट कफी युनिभर्सका सञ्चालक योगेश बराईलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।