झापा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै आन्दोलनमा उत्रिएको प्याव्सनले शुक्रवार देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।
विधेयकबाट निजी शैक्षिक संस्था सम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन मागसहित आन्दोलनमा उत्रिएको प्याव्सनले झापामा समेत आन्दोलन गरेको छ । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने उनीहरुको माग छ । आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याव्सन) झापाले झापाका सबै पालिकामा आन्दोलन गरेका थिए ।
विद्यालयका बसमा कालो झण्डा राखेर शान्तिपूर्ण ¥यालीमा सहभागी उनीहरुले जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम गरेका छन् । प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार झापाका सबै स्थानीय तहमा कार्यक्रम गरिएको हो । प्याव्सनको आयोजनामा गौरीगञ्ज बजारबाट गौरीगञ्ज गाउँपालिका हुँदै खजुरगाछी बजार ,गौरीगञ्जको बुधबारे बजार त्रिमूर्ति चोक हुँदै गौरीगञ्जचोकमा कोणसभा गरिएको थियो ।
Source: Purwanchal