Mechi Update

कृष्ण थुम्कीमा रथ यात्राको सुरुवात

आइतवार, भदौ १, २०८२

मेचीनगर, १ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ । कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहको अन्तिम दिन आइतबार बटुकहरूले स्वस्थी वाचन गरेर रथ यात्राको सुरुवात गरिएको हो । रथ यात्राको प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् । उनले आगामी वर्षदेखि रथ यात्रालाई अलिक सहज र प्रभावकारी ढंगले अगाडि बढाउन नगरपालिकाले बजेटमा समावेश गर्ने जानकारी दिइन् । मेचीनगर–४ को बाहुनडाँगी बजारदेखि कृष्ण थुम्की सम्म करिव साढे ५ किलोमिटर रथ यात्रा गरिएको थियो । सिटी सफारीका दुईतर्फ रथका पाङग्रा हालेर, फुलमालाले चिट्टिक सजाईएको थियो । माथि कलियुगका भगवान श्रीकृष्णको मूर्ति राखेर तयार गरिएको रथ निक्कै आकर्षक रहेको थियो । यो वर्षदेखि कृष्ण जन्माष्टमीको भोलि पल्ट रथ यात्राको सुरुवात गरिएको कृष्ण थुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताए । यसको यहाँ पनि रथ यात्राको सुरुवात गर्नु पर्छ भनेर सल्लाह दिने स्थानीय शिक्षासेवी हेमराज कार्की रहेको उनको भनाई छ । अब रथयात्रालाई निरन्तरता दिने समितिले बताएको छ । शिक्षासेवी कार्कीले स्वागतसहित रथ यात्राका बारेमा प्रकाश पारेका थिए । यसैगरी झापाको भद्रपुर र दमक नगरपालिकामा पनि रथ यात्रा धुमधामसँग निकालिएको थियो । रथयात्रामा सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो । Source: Mechinagar online
सम्बन्धित खबर