Mechi Update

ब्रा भित्र कोकिन राख्ने विदेशी नागरिक पक्राउ

शुक्रवार, साउन २४, २०८२

झापा, ब्रा भित्र कोकिन राखेर भुटान जान लागेकी एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी २१ वर्षीया महिला एमिली मिकेल सन्तोष फरेरा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेको लागू औषध नियन्त्रण व्यूरोका सह प्रवक्ता जीवन निरौलाले जानकारी दिएका छन् । ब्राजिलियन महिला हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेको र उनी भुटान जान लागेको अवस्थामा उनको साथबाट लागू औषध कोकिन बरामद गरिएको सह प्रवत्ता निरौलाले जानकारी दिएका छन् ।

 

प्रहरीले तरल अवस्थामा रहेको एक केजी ९५० ग्राम कोकिन ब्रा भित्र लुकाई राखेको अवस्थामा बरामद गरेको लागू औषध नियन्त्रण व्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीले उनलाई विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट पक्राउ गरेको थियो । पक्राउ परेकी ब्राजिलियन महिला एमिली मिकेल सन्तोष फरेरालाई काठमाडौं जिल्ला अदालतबाट लागू ओषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

Source: Purwanchal

सम्बन्धित खबर