Mechi Update

झापामा ८१ वर्षीय वृद्ध मृत अवस्थामा फेला

आइतवार, साउन १२, २०८२

झापा-झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । उनी साउन ७ गते बिहानदेखि हराइरहेका थिए ।

परिवारले खोजतलास गर्दै जाँदा साउन ११ गते बिहान करिब ९:१५ बजे सानो माइ खोलाको पुलदेखि करिब २०० मिटर दक्षिणतर्फ खोलाको किनारमा भुजेलको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान तथा कानुनी प्रकृयाका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । कानुनी प्रकृया पूरा गरी सवा १२ बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Source: speak corner

सम्बन्धित खबर