Mechi Update

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

शुक्रवार, साउन ३, २०८२

बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिकै बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो २ः२० वजे बिर्तामोड पश्चिम बस स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका अर्जुनधारा नगरपालिका–४ स्थित भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा एक्कासी करेन्ट लागेपछि पाण्डेलाई तत्काल विद्युतका कार्यालयका कर्मचारीहरुले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएको प्रहरीको भनाई छ । दिउँसो ३ वजे पाण्डेको उपचारको क्रममा मृत्यु प्रहरीले बताएको छ । Source : Mechinagar online
सम्बन्धित खबर