Mechi Update

लायन्स क्लबले गर्यो शैक्षिक सामाग्री वितरण

बिहिवार, साउन २, २०८२

मेचीनगर/ लायन्स क्लव अफ मेचीनगरले स्थापनाकाे अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेकाे छ । सामाजिक कार्यमा निरन्तरसहयाेग गर्दै आएकाे क्लव २०१९ मा शंखर थापाकाे अध्यक्षतामा गठन भएकाे थियाे । क्लवले मेचीनगर ६ स्थित मेची डाडामा रहेकाे सीमान्त बाल क्लवका ४० बडि बालबालिकालाई कापी र डटपेन हस्तान्तरण गर्दै क्लवका अध्यक्ष दिपक कार्कीले बालक्लवका सदस्यहरूलाई सकारात्मक कार्यमा निरन्तर सहयाेग रहने वचन दिनु भयाे । क्लवलेे प्रत्येक वर्ष स्थापना दिवसमा विभिन्न क्षेत्रलाई लक्षित गरेर सहयाेग प्रदान गर्दै आएकाे क्लवका पूर्ब अध्यक्ष सन्ताेस आचार्यले बताउनु भयाे ।

काेषाध्यक्ष नानू श्रेष्ठकाे अध्यक्षता तथा प्रमुख अतिथि क्लवका अध्यक्ष दिपक कार्की रहनु भएकाे थियाे । क्लवकी स- सचिव सगुना बरालकाे सवागत, सचिव अंकिता प्रसाईले सञ्चालन गरेकी थिइन । क्लवका संरक्षक तथा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पाैडलले क्लवले गर्दै आएका कार्य र उदेश्यका विषयमा जानकारी गराँउनु भएकाे थियाे। क्लवमा करिव १ सय जना बालबालिका सदस्य छन्। कार्यक्रममा क्लवका पूर्ब अध्यक्ष माेहन मैनाली, सहल्लाहकार नवराज प्रधान लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

source: janasamsad

सम्बन्धित खबर