मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ।
शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र अन्य सर–सामान नष्ट गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार करीब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी चौकी बाहुनडाँगीमा बिहान ६:४५ बजे घटना सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर जानकारी लिएको हो। घटनामा मानव वा चौपायामा भने कुनै क्षति नभएको र हात्ती पुनः जंगलतर्फ फर्किएको जनाइएको छ।