Mechi Update

रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई हेडक्वार्टर झिकाइयो

शुक्रवार, असार २०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालयमा झिकाइएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई बताए ।

खड्काले भैरहवा कारागारमा पुर्पक्षको लागी थुनामा रहेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोप छ । हस्ताक्षर गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि त्यसबारे यकिन गर्न बोलाइएको डीआईजी घिमिरेले जानकारी दिए ।सहकारीको ठगीको आरोपमा थुनामा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

Source ratopati

सम्बन्धित खबर