मेचीनगर, असार १५ । राष्ट्रिय धान दिवसको अवसर पारेर माओवादी केन्द्रका नेता राजन चिमरियाले किसानलाई कोदालो र बिपन्न परिवारलाई झुल बितरण गर्नु भएको छ । जेष्ठ नागरिक समाज मेचीनगर ७ ले आयोजना गरेको रोपाई महोत्सव कार्यक्रमको अवसरमा ३५० किसानलाइ कोदालो बितरण गरिएको छ भने १०० एउटा झुल बितरण समेत वितरण गरिएको छ ।
त्यस्तै कार्यक्रमकाबीच सामुहिक दहि चिउरा खाइएको थियो । असार १५ को पारेर जेष्ठ नागरिक समाज मेचीनगरका तर्फबाट सामुहिक दहि चिउराको व्यवस्था गरिएको समाजका अध्यक्ष पिताम्बर पौडेलले जानकारी दिनुभयो ।
जेष्ठ नागरिकहरुका लागि नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष समेत रहनु भएका सामाजिक व्यक्तित्व राजन चिमरियाले दहि, चिउरा र केरा सहयोग गर्नु भएको थियो भने चिमरियाले नै उपलब्ध गराउनु भएको झुल समेत आफैं उपस्थीत भएर बितरण चिमरियाले वितरण गर्नु भएको थियो ।
झुल वितरण गर्नु पर्ने स्थानीयहरुको छनौट जेष्ठ नागरिक समाजले नै गरेको थियो । समाजले छनौट गरेका २५ वटा टोलबाट बिपन्न एक सय परिवारलाई झुल वितरण गरिएको समाजका अध्यक्ष पौडेलले बताउनु भयो ।
मेचीनगर ७ का जेस्ठ नागरिक टिकाराम ढकालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली र माओवादी मेचीनगरका अध्यक्ष चिमरियाले किसानहरुको पक्षमा सिङ्गो समाज उभिनु पर्ने बताउनु भएको थियो ।
Source:- setopatra