काठमाडौँ, १३ असार । मेचीनगरमा दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि ‘स्कलिङ अफ सीटीवाइड इन्स्कुसीभ सनीटेसन सभिर्स सिस्टम’ कार्यक्रमका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग, वटर एइड नेपाल र युएन हेविटेडसँग नगरपालिकाले सम्झौता गरेको छ ।
शुक्रबार काठमाडौँमा दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग, वटर एइड नेपाल र युएन हेविटेडसँग मेचीनगर नगरपालिकाले सम्झौता गरेको हो ।
नगरब्यापी समाबेशी सरसफाइ परियोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाकातर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी सहभागी रहेका छन् ।
नगरप्रमुख बुढाथोकीले मेचीनगरको फोहोर मैला, ढल र दिशाजन्य लेदो व्यवस्थापनका लागि विगतदेखि नै खानेपानी तथा ढल व्यवस्थापन विभागलाई व्यवस्थापनका लागि आग्रह गरेका थिए ।
Source:- Mechinagar online