Mechi Update

धितालको स्वरमा विरही अधिकारीको “दुखी रहेछ जिन्दगी…..

आइतवार, चैत २४, २०८१

मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ । गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् । कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने सकस गीतको पार्श्व दृश्यमा देख्न सकिन्छ । गीतमा समावेश नेपाली समाजमा साहित्यकारहरुले आफ्नो सिर्जना पस्कन झेल्नुपरेको संघर्षको दृश्यले दर्शक एवम् पाठकलाई भावुक बनाउँछ । साङ्गीतिक क्षेत्रमा अनवरत जीवन खर्चेका सर्जकको उपस्थितिले गीतको ओज बढेको पाठकहरुले प्रतिक्रिया दिएका छन् । गीतलाई एक कार्यक्रमको आयोजना गरी केही दिनअघि भद्रपुरस्थित एयरपोर्ट होटलको सभाहलमा विमोचन गरिएको थियो । गीतलाई शुक्रवार बेलुकी ओएसआर डिजिटल यूट्युब च्यानलबाट रिलिज गरिएको छ । कृष्ण अनमोलले भिडियो निर्देशन गरेको गीतको एरेन्जर ध्रुव आचार्य रहेका छन् ।एडी रेकर्डिङ स्टुडियो काँकरभिट्टामा रेकर्ड गरिएको गीतलाई सिलिगुडीमा मिक्सिङ गरिएको हो ।

सुधिरसिंह बराइली रेकर्डिष्ट रहेको गीतमा कलाकारहरु कृष्ण अनमोल, सृष्टि आचार्य, महेन्द्र कोइराला, अर्जुन खरेल, सनम शाह शंकर, रोनी सुन्दासलगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

सम्बन्धित खबर