Mechi Update

कार्यकक्षमा छिरेर हाजिर गरेपछि सिंहदरबारतिर गए प्रशासकीय अधिकृत गुरागाईं

बिहिवार, चैत २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् । वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् ।

उनको कार्यकक्षमा चार साढे ३ महिनादेखि लागेको ताला पनि कर्माचारीले फुटाइदिएका छन् । मेयर बालेन्द्र शाहले लगाएको ताला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खोल्न अस्वीकार गरेपछि कर्चारीले फोडेर गुरागाईंलाई कार्यकक्षमा छिरएका हुन् ।

उनले त्यसपछि कार्यकक्षमा हाजिर गरेर उपमेयर सुनिता डंगोलसहितसँग बैठक गरेका थिए । बैठक सकेपछि उनी वन तथा वातावरण विभागको गाडी चढेर सिंहदरबार गएका हुन् । उनी आउने थाहा पाएपछि मेयर बालेन्द्रले नगर प्रहरी लगाएर उनले प्रयोग गर्ने गाडीमा ह्वील लगाइदिएका थिए ।

सम्बन्धित खबर