झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो ।
झापा प्रहरीले दुर्गा प्रसाइको घरमा खोज तलास शुरु गरेको छ । आज साँझ प्रहरीले दुर्गा प्रसाई घरमै लुकेर बसेको हुनसक्ने शंकामा उनको घर र अस्पताल वरपर प्रहरीले सर्च अपरेशन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक मिलन केसीले प्रसाई आफ्नै घरमा लुकेर बसेको हुनसक्ने भएकाले सर्च अपरेशन गरेको बताए ।