Mechi Update

दार्जिलिङमा पूर्वी नेपालका चरा विज्ञद्वारा अध्ययन अवलोकन सम्पन्न

सोमवार, भदौ ९, २०८२

मेचीनगर । पूर्वी नेपालको चरा विज्ञहरूको टोलीले भारतको दार्जिलिङ जिल्लामा पाइने चराहरूको अध्ययन अवलोकन सम्पन्न गरेको छ। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलको नेतृत्वमा तीनजनाको टोलीले अगस्ट २२ देखि २५ सम्म सो भ्रमण सम्पन्न गरेको हो। भ्रमण टोलीमा अध्यक्ष खरेलसहित सूर्य सुवेदी र वन्यजन्तु संरक्षणकर्मी शंकर क्षेत्री लुइटेल सहभागी थिए। टोलीले पूर्वी नेपालमा पाइने चराहरू दार्जिलिङ क्षेत्रमा पनि पाइन्छ वा पाइँदैन भन्ने उद्देश्यसहित अवलोकन गरेको थियो। अध्ययनका क्रममा करिब ५० देखि ५५ प्रजातिका चराहरू भेटिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो। भ्रमणका क्रममा टोलीले दार्जिलिङ जिल्लाको सिपाहीधुरा चिया कमान, नर्बुङ चिया कमान र रङ्टङलगायतका क्षेत्रमा अवलोकन गरेको थियो। सो क्रममा दार्जिलिङका चरा प्रेमी र अवलोकनकर्ताहरू उज्वल राई, सन्जोग देवान, दिपाङ्कर लिम्बू, दिपेश क्षेत्री, प्रबित तामाङ, नोयल फिनिङ, पिडर बेक, अन्कित बेक र बिक्रमले आतिथ्यता प्रदान गरेका थिए। यस किसिमका अवलोकनले दुवै देशका चरा संरक्षण र अध्ययनमा थप सहयोग पुग्ने वन्यजन्तु संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलले जानकारी दिनुभयो ।  
सम्बन्धित खबर