Mechi Update

मेचीनगरका खरेलले भेटे ‘दुर्लभ सर्प’

आइतवार, साउन १९, २०८२

काकरभिट्टा, साउन १८ । झापा मेचीनगरका ६ काकरभिट्टाका चरा खोजकर्ता देवेन्द्र खरेलले दुर्लभ सर्प फेला पारेका छन । खरेलले केही समय अघि झापा र इलामको सिमाना क्षेत्र मेचीनगर १ मा भेटेर फोटो खिचेको सर्प सम्भवत नेपालकै लागि नयाँ सर्पका रुपमा रहेको बताइएको छ । हरेउ प्रजातिको सर्पलाई देवेन्द्र खरेलले रातो धर्के हरेउ भाले सर्पको नाम दिनु भएको छ । उक्त सर्प अहिलेसम्म नेपालमा दर्ता नभएको बताइए पनि त्यसको पुष्टि हुन बाँकी रहेको खरेलले बताउनु भयो । यस्तो सर्पलाई गत बर्षको जुन महिनामा नै मेचीनगर ४ का सर्प तथा भ्यागुता अनुसन्धानकर्ता सन्दिप लुईटेलले देखेर पहिचान गर्नु भएको भए पनि फोटो भने खिच्न नपाउनु भएको खरेलले बताउनु भयो । ‘यो सर्प नेपालका लागि दुर्लभ सर्पमा पर्छ,’ खरेलले भन्नुभयो, ‘अनुसन्धान भइरहेको छ, चाँडै यसका बारेमा थप जानकारी आउने आशा गरेको छु ।’ यो सर्प अति विषालु सर्पका रुपमा रहेको खरेलले दाबी गर्नु भयो । यो सर्पको लम्बाई करीब २५० सेन्टिमिटर रहेको छ । यो सर्प हेमोटक्सिक हो वा न्यूरोटक्सिक हो भन्ने यकिन भइनसकेको खरेलले जानकारी दिनुभयो
सम्बन्धित खबर