Mechi Update

‘ओ रिल्लो’ सार्वजनिक, राजेश पायल राईको स्वरमा नयाँ गीत बजारमा

शुक्रवार, चैत ६, २०८२

 

काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ नेपाली गीत ‘ओ रिल्लो’ सार्वजनिक गरिएको छ। गीत आज (चैत्र ५)  युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा विल्सन बिक्रम राई, अलिशा राईरीमा गुरुङ होडाको अभिनय देख्न सकिन्छ। कलाकारहरूको प्रस्तुति, हाउभाउ र दृश्य संयोजनले गीतलाई मनोरञ्जनात्मक बनाएको छ।

गीतको प्रस्तुति समीर अंग्बुहाङ लिम्बूले गरेका हुन्। भिडियोमा ग्रामीण परिवेश र रमाइलो कथावस्तु समेटिएको छ, जसले दर्शकलाई सहजै आकर्षित गर्ने देखिन्छ।

‘ओ रिल्लो’ विशेषगरी मनोरञ्जनात्मक शैलीमा तयार पारिएको गीत हो, जसमा हास्य र म्युजिक भिडियोको कथाले दर्शकलाई बाँध्ने प्रयास गरिएको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय गायक राजेश पायल राईको स्वरका कारण पनि गीतप्रति दर्शकको अपेक्षा उच्च देखिएको छ। चर्चित कलाकारहरूको सहकार्यमा तयार भएको यस गीतले आगामी दिनमा अझ लोकप्रियता बटुल्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर