Mechi Update

प्रथम पाटापुर खुल्ला नकआउट सुरु, उद्घाटन खेलमा पाटापुर युवा क्लबको जित

सोमवार, मंसिर २३, २०८२

सिमाना टोल बिकास संस्था कोआयोजना र मेचीनगर नगरपालिका वाड न १ को प्रमुख प्रायोजन मा प्रथम पाटापुर खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । मेचीनगर १ पाटापुर स्थित पाटापुर खेल मैदानमा आज एक औपचारिक कार्यक्रमका बिच प्रतियोगिता सुरु भएको हो। आज भएको उद्घाटन खेलमा भारतको भानु स्पोर्ट्स क्लब च्यागा लाई टाई ब्रेकरमा हराउदै पाटापुर युवा क्लब अघिल्लो चरणमा प्रबेश गरेको छ । निर्धारण गरिएको समयमा मा खेल एक एक को बराबरी भए पछी टाई ब्रेकरमा गरेको हो । निकैनै रोमाञ्चक खेलमा आजाद सौर्य को गोलको मदतले भारतीय टोलि भानु स्पोर्ट्स क्लबले अग्रता लिए पनि उक्त अग्रता लाई जोगाउन सकेन । खेलको अन्त्यमा थपिएको अतिरिक्त समयमा पाटापुर युवा क्लबका अजय राईले बराबरी गोल गरेका थिए । प्रतियोगिता को बिजयी टिमले ट्रफी मेडल सहित नगद ४१,००० र उपबिजेता ले ट्रफी मेडल सहित नगद ३१,००० हात पार्नेछन । सिमाना टोल बिकास संस्था का अध्यक्ष अमृत पुरी को अध्यक्षता मा आज सप्पन्न उद्घाटन समारोहमा प्रमुख अथिती मेचीनगर नगरपालिका वाड न १ का वाड अध्यक्ष राम कुमार राईले बिरुवामा पानी सेर्चन गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । वाड खेलकुद समिति का सचिब डिकेन्द्र थापाले स्वागत गर्नुभएको कार्यक्रममा सिमाना टोल बिकास संस्था का सचिव तिलक पुरिले संचालन गर्नु भएको थियो। मेचीनगर नगरपालिका वाड न १ ले युवा खेलकुद कार्यक्रम मा बिनियोजन गरेको १ लाख ६० हजार र स्थानीय खेलप्रेमी हरुको सहयोगमा प्रतियोगिता आयोजना गरिएको जनप्रतिनिधि साथै युवा खेलकुद समिति का अध्यक्ष शान्त प्रसाद नौपाने ले जानकारी दिनुभयो ।
सम्बन्धित खबर