Mechi Update

काँकरभिट्टामा ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा, नेपाली जुत्तालाई प्राथमिकता

शुक्रवार, असोज ३, २०८२

झापा,  मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का र पास्टर माण्डु धिमालले संयुक्त रूपमा रिबन काटेर पसलको उद्घाटन गरेका हुन्।

पसलमा मुख्यत: , गोल्डस्टार, ब्ल्याक हर्स, क्यालिभर लगायतका चर्चित नेपाली जुत्ताका ब्रान्डलाई प्राथमिकता दिइएको छ। नेपालमै उत्पादन भएका यी जुत्ताले पछिल्लो समय बजारमा राम्रो लोकप्रियता पाएको र गुणस्तरका हिसाबले आयातित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यवसायी उराउले व्यक्त गरे।

उनले जोय इन्टरप्राइजेजले स्थानीय स्तरमा मात्र नभई सीमावर्ती क्षेत्रका ग्राहकलाई समेत लक्षित गर्ने बताए। “नेपाली उत्पादनमै गुणस्तरीय जुत्ता उपलब्ध हुन्छन् भन्ने सन्देश दिने हाम्रो उद्देश्य हो,” उराउले उद्घाटन कार्यक्रममा भने ।

कार्यक्रममा सहभागी स्थानीयबासीले नयाँ व्यवसायले काँकरभिट्टाको व्यापारिक क्षेत्रमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। सीमावर्ती बजार भएकाले भारतीय ग्राहकलाई समेत आकर्षित गर्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ थियो।

पसल सञ्चालनसँगै नेपाली जुत्ताको प्रवर्द्धन मात्र नभई स्थानीय युवालाई रोजगारीको अवसर पनि सिर्जना हुने अपेक्षा गरिएको छ। स्कुलका लागि प्राथमिकताका साथ सुलभ मुल्यमा जुत्ताहरु उपलब्ध गराउने समेत बताइएको छ ।


सम्बन्धित खबर