काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै आएको खुलेको छ ।
मानिसहरुको बुझाई पनि स्पा भन्ने वित्तिकै साकारात्मक रुपमा शरीरलाई स्फूर्त र आराम प्रदान गर्ने भन्दा पनि कुनै प्रकारको यौनजन्य वा सामाजमा सुनाउन अनकनाउने विषय बन्दछ । जो केहीले आँफू स्पा गएर आएको भन्दै सुनाएको पनि बिरलै भेटिन्छ । स्पा जाने र मसाज गराउने कल्चर नेपालमा खासै छैन । यसो हुनको पछाडीको कारण हो, यौनजन्य गतिविधि ।

भारतिय नागरिक निमा लामाले सञ्चालन गरेको थाई स्पा धुलाबारीमा ३ महिना अघि धुालाबारीकै एकजाना साथीको विवाहमा आएको संयोगमा २ भारतिय नागरिक मसाज गराउन भनि जान्छन् । धुलाबारी स्थित पुजा कम्प्लेक्समा रहेको उक्त थाई स्पामा उनिहरुले मसाजको आनन्द समेत लिन्छन् । उनिहरु दोस्रो पटक सोही स्पामा आउँदा उनिहरुले मसाज सकिएपछि ह्यापि इण्डिङको समेत सेवा लिन्छन् । स्पाको भाषामा ह्याप्पी इण्डिङ अर्थात सुखद अन्त्य भन्नाले मसाज गर्ने महिलाले पुरुषलाई हस्तमैथुन गराउने हुन्छ ।
त्यस्तै, भारतको दार्जिलिङ्गबाट नेपाल घुम्न आएका बिनोद राई (नाम परिर्वत) मसाज गराउन काँकरभिट्टाको बाहुण्डाँगी रोडमा रहेको ह्यापि लाईफ स्पा जान्छन । मसाजको अनन्दसँगै ह्यापि इन्डिङ्ग र एक्ट्रा सेवा त्यहाँ पनि हुन्छ । मसाज गराउने महिलाले नै मसाजको समय सकिएपछि सोध्छिन् ‘‘सर, ह्यापि इण्डिङ पनि गर्नु हुन्छ रु यसको पैसा बेग्लै लाग्छ । ”
खासमा भारतबाट नेपालमा मसाजकै लागि आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ । उनिहरु मसाजसँगै अतिरिक्त यौन सोवा लिन नेपाल आउने गरेका पाइएको छ । यसरी मसाज सेवा दिने सेन्टरले प्रहरी र स्थानियहरुसँग समन्वय गर्ने गरेकोले खुलेआम यौनजन्य गतिविधि मैलाईरहेको स्थानिहरु बताउँछन् ।
काँकरभिट्टाको सुपारी लाइनमा रहेको नेचर युनिसेक्स सेलुन एण्ड स्पा सेन्टरले पनि सोहि अनुरुप यौनजन्य सेवाहरु प्रदान गर्दै आइरहेको पाइएको छ । सञ्जय चौधरीले बिर्तामोड स्थित हनुमान कम्प्लेक्सबाट शाखाको रुपमा संचालनमा ल्याएको काँकरभिट्टाको शाखामा पनि राम्रो व्यापार भएपछि धुलाबारीमा समेत शाखाको तयारी गरिरहेको बुझिएको छ । स्पा र सेलुनको नाममा यौन धन्दा नै चलाएका चौधरीले हरेक स्पामा ४ देखि ६ जना महिला कामदारहरु राख्ने गरेका छन् । उनको युनिसेक्स सेलुनमा कपाल काट्ने वा सामान्य मेकअप समेत नगर्ने स्रोतको दाबी छ ।
मेचीनगरको धुलाबारीमा रहेको अर्को स्पा हो ताज युनिसेक्स सेलुन तथा स्पा । सबिना राईले सञ्चालन गरेको उक्त स्पामा समेत यौन जन्य गतिविधि हुनेगरेको पाईएको छ । ६ देखि ८ जनासम्म कामदार रहेको उक्त स्पा धुलाबारी बजारको केन्द्र भागमा रहेको छ, जहाँ स्पाको नाममा यौनजन्य क्रियाकलाप गराउने गरेको पाइएको हो ।
स्पा र मसाजको नाममा यौनजन्य गतिविधि गर्दै आएका स्पा सेन्टरहरुमा प्रशासनको अनुगमन र नियन्त्रण नभएको कारणले दिन प्रतिदिन यो धन्दा मैलाउदै आएको छ । झापाको बिर्तामोड, दमक, धुलाबारी तथा काँकरभिट्टा लगायतको ठाँउमा धन्दा चलाउदै आएका स्पा सेन्टरहरुलाई अनुगमन र नियमन नगरिनुले प्रशासनको मिलेमतो हुनसक्ने शंका स्थानियले गरेका छन् ।
स्पा र मसाज स्वास्थ्य र सौन्दर्य सेवाका लागि भए पनि मेचीनगर क्षेत्रमा यौन धन्दाको पर्याय बन्दै गइरहेका छन्। यसलाई कानुनी दायरामा ल्याई नियन्त्रण नगरे दिगो सामाजिक समस्या बन्न सक्ने देखिएको छ।